दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो (अप्डेट)
दैलेख ः कर्णाली राजमार्गमा विहिबार सडक दुर्घटना हुँदा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या २ पुगेको छ । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालिकोटका घर भएका ३७ वर्षीय जितेन्द्रबहादुर शाही सोही जिल्ला नरहरिनाथ गाउँपालिका २१ बर्षका कमल विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । पछिल्लो अप्डेट अनुसार बसमा २१ जना सवार रहेको प्रहरी बताईएको छ । दुर्घटना परेको बसमा ३ जना प्रहरी समेत रहेको रमेश चौधरीको अवस्था गम्भिर रहेको दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले बताए । उनले भने, २१ जना यात्री मध्ये २ को मृत्यु भईसकेको छ । सुर्खेत पठाइएको ११ जना मध्ये २ जनाको अवस्था गम्भिर छ । ३ जनाको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।
राजमार्गको दैलेख सडकखण्डको आठविस नगरपालिका –१ टुईकुनामा माईक्रोबस दुर्घटना भएको हो । कालिकोट देखी सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट १०० मिटर तल खसेको छ । बसमा कालिकोटबाट २१ यात्री सवार थिए ।





