Loading... आजः २०८३, ११ बैशाख शुक्रबार

पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

दैलेख ः नारायण नगरपालिका वडा नं. ११ को बिचमा पर्ने लोहोरे खोलामा डुबेर एकको मुत्यू भएको छ । विहीबार खोलामा पौडि खेल्न गएका अछाम चौरपाटी गाउँपालिका वडा नं.५ लुङग्राका करीब २१ बर्षिया विरेन्द्र भुषालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।
मध्यपहाडी लोकमार्गमा काम गर्दै आएका भुषाल विहीबार नुहाउनको लागि खोलामा गएको र खोलामा करीब १ बजेतिर डुबेको सुचना पाए संगै प्रहरी पोष्ठ लोहोरेको टोलिले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल दैलेखमा पठाएको र उपचारको क्रम मृत्यु भएको प्रहरीले बताएको छ ।

समाचार