Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

लकडाउनमा खाध्य संस्थानको उकृष्ट काम

कृष्णप्रसाद अधिकारी
दैलेख ः  दैलेख सदरमुकाम बाट हेर्नेहो भने ४० प्रतिशत भुभाग पुर्व र ६० प्रतिशत भुभाग पश्चिमा पर्छ । दैलेखको चारै सिमानाका समुदाय सम्म खाद्यान्न संकट समाधानका लागि स्थापना भएको दैलेखको खाध्य संस्थानले अन्य समयमा समेत उकृष्त काम गरिरहेका थियो । चैत्र ११ गते बाट कोरोनको त्रासले विश्वनै आक्रान्त भए संगै नेपाल सरकारले समेत कोरोनाको जाखिमलाई मध्यनजर गर्दे नेपालललाई लकडाउन घोषण ग¥यो ।

देश लकडाउन भए संगै हाल दुर्गम जनस्तरमा कमाइ खाने विपन्न परिवारलाइ यसले ठुलो समस्या निम्तीएको बेला खाध्य संस्थान दैलेखले विपन्न तथा गरिव परिवारलाई आफु संग भएको सस्तो र गुणास्तरीय खाध्यान्न बिक्रि गरी उकृष्ट काम गरेको हो ।
लकडाउन भन्दा पहिले हप्तामा २ दिन मात्र खुल्ने खाध्य संस्थानको डिपो लकडाउनको समयमा दैनिक खुलेको छ । खाध्य दैनिक रुपम खलेसंगै यतिबेला खाध्य संस्थानको चामल सकिन लागिरहेको छ । शाखामा आएको यस वर्षको कोटाअनुसार चामल बैशाखमै सकिन लाग्दा दैलेखमा खाध्य अभाव हुने देखिएको हो ।

दैलेख तथा यहाँका स्थानिय बजारमा महङ्गो चामल किनिरहेका नागरिकले खाध्य संस्थानबाट सस्तो र गुणस्तरीय चामल पाए संगै धमाधम चामल बिक्रि भयो । लकडाउनको समयमा धमाधम चामल बिक्रि भए पछि संस्थानको गोदाममा चामलको कमि भएको छ । लकडाउनको समय भन्दा पहिले खाध्यको गोदाममा चौध सय ५० क्विन्टल चामल मौज्दात रहेकोमा लकडाउनको समयमा मात्र बाह्र सय क्विन्टल चामल बिक्रि भएको छ । अब गोदाममा दुइ सय ५० क्विन्टल चामल मात्र मौज्दात रहेको खाध्य संस्थान दैलेखले जनाएको छ ।

गोदामा बचेको दईसय ५० क्विन्टल चामल, आपतकालीन अवस्था र कारागारका लागि मौज्दात राख्नुपर्ने देखिएपछि चामलको कोटा थप गर्न २ पटक सम्बन्धित स्थानमा दैलेख शाखाले परिपत्र गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेख शाखाका प्रमुख रणबहादुर ऐरीले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लकडाउनको घोषणासँगै बजारका पसल बन्द भएको र बजार भन्दा खाद्य संस्थानमा सस्तो र राम्रो चामल पाइएपछि खरिद गर्नेहरूको सङख्या बढेको यहाँका स्थानियले बताउने गरेका छन् ।
एकातिर लकडाउन थपिदै जाने अर्को तिर खाध्य संस्थानमा समेत आध्यान्न घट्दै जानु सम्बन्धीत स्थानबाट माग भएको खाध्यान्न नआउने हो भने जनताले भोकमारी खेप्ने तत्थ सावित हुन जान्छ ।

जिल्ला खाध्य ब्यवस्था समिति बाट माग भइ डिपो स्विकृत हुन सम्मेत डेलिकेशन भएको र जिल्लाका ५ वटै सिघ्राती सिघ्र स्विकृत भई सरकारी सेवाको उपलब्धता जनताले महसुस गर्दा डिपो स्विकृत भए सेवा दिनहुन संबन्धित जनआवाज संवोधन हुन चर्को जनआवाज उठेको छ ।
यो बर्ष दुइहजार तिन सय क्विन्टल मध्य जम्मा दुई सय पच्चास क्विन्टल मात्र गोदामा मौजदात रहेकोले जनमाग अनुसार असार मसान्त सम्माको लागि र भैपरी आउने अवस्थाको लागि एक हजार पाँच सय क्विन्टल खाध्यान्न माग भएको छ ।

जिल्लाका विभिन्न दुर्गम स्थानिय तह मध्ये नौमूले ६०० क्विन्टल, आठबीसमा ३६० क्विन्टल र भगवतीमाईमा ६० नारायण नगरपालिकाको वडा नं १ मा १० पठाएको पठाएको थियो । अब राहत वितरणका लागि दैलेखका ११ वटै स्थानि तह बातट चर्को जनमाग उठन गएको छ ।

समाचार