Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

दैलेखमा सक्रिय संक्रमितको संख्या ५४ पुग्यो

दैलेख ः दैलेख जिल्लामा मंगलबार सम्म कोरोना भाइरसबाट सक्रिय संक्रिमितको संख्या ५४ पुगेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यलयका कोभिड १९ खोप अधिकृत थिर प्रसाद रेग्मीले मंगलबार साँझसम्ममा जिल्लाभर ५४ जना सक्रिय संक्रमित रहेका जानकारी दिएका छन् ।

उनका अनुसार बैशाख १४ गते दैलेखमा नयां १३ जनामा कोभिडको संक्रमण पुष्टि भएको छ । (नारायणमा ९ जना, दुल्लुमा ४० गरि जम्मा सक्रिय बिरामि ५४ जना पुगेसंगै कारोनाको सङ्क्रमण भयाबह बन्दै गएको स्वास्थ्य सेवाकार्यालय दैलेखले जनाएको छ ।

अघिल्लो बर्ष कोरोनाको उच्च जोखिममा रहेको दैलेख यो पटक पनि उच्च जोखिमा रहेको देखिन्छ । दैलेखमा कोरोना जाचका लागि बिगत ४ महिना देखि बन्द पिसियार ल्याब  पुन सुचारू गिरएकाे छ ।, मंगलबार पि सि यार ल्याब स्थापनाका लागि प्रथम नेतृत्व कर्ता माननीय सान्सद रबिन्द्रराज शर्माको स्वाब संकलन गरि पुन ल्यावको सुरूवात गरिएको रेग्मीले जानकारी दिए ।

समाचार