दैलेखमा बुधबार २४ जनामा कोरोना पुष्टि
दैलेख ः दैलेख जिल्लामा बुधबार २४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार ७० जनाको स्वाव संकलन गरेकोमा २४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बुधबार २४ जना थपिय संगै दैलेखमा सक्रिय संक्रमितको संख्या ७८ पुगेको छ । आज पुष्टि भएका मध्य नारायण नगरपालिकाका ९ जना, चामुण्डाविन्द्रासैनि नगरपालिकाका ३ जना, नौमूले गाउँपालिकाका ८ जना भगवतीमाई गाउँपालिकाका १ जना, डुङ्गेश्वर गाउँपालिकाका १ जना र गुराँस गाउँपालिकका १ जना रहेको खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए । बुधबारनै दैलेखमा ७५ बर्षिय १ जनाको कोरोनाको कारण मृत्यू भएको छ ।




