Loading... आजः २०७८, ४ असार शुक्रबार

टिपर दुर्घटनाका चालक सहचालक भेटाउन पानीले चुनौती थप्यो

दैलेख ः मंगलबार राति लमहीदेखि जुम्म तर्फ सिमेट लिएर जानेक्रममा दुर्घटना परी कर्णाली नदिमा खसेका टिपरका चालक र सहचालक अभैm भेटिएका छैनन् ।
कर्णली नदिमा खसेको टिपरमा चालक र सहचालक हुन सक्ने अनुमान प्रहरीले गरे पनि कतीजना थिए भन्ने ककिन जानकारी भएको छैन् ।
दाङको लमहीदेखि जुम्ला जाँदै गरेको बा ५ ख २१८३ नम्बरको उक्त टिपर कर्णालीमा नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक अझै नभेटिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठे बताए । उनले भने, ‘टिपर लमहीबाट सिमेन्ट लिएर जुम्ला जाँदै गरेको बुझिएको छ । कर्णाली राजमार्गबाट झण्डै ५० मिटर तल नदीमा खसेको भेटिएको छ ।’
उनका अनुसार चालक र सहचालकको नाम भने खुल्न सकेको छैन । उनीहरुको खोजी कार्यमा इलाका प्रहरी कार्यालय राकम कर्णालीको प्रहरी टोली परिचालन गरिएको छ ।
टिपर दुर्घटना भएपछि कर्णालीका अधिकाँश जिल्लामा पानी परेका कारण नदिमा पानीको बहाब पनि बढेकोले खोजी कार्यमा जटिलता थपिएको प्रहरीको भनाई छ ।


सम्बन्धित समाचार