Loading... आजः २०७८, ४ असार शुक्रबार

कोरोनाले लियो शिक्षकको ज्यान

दैलेख ः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दैलेखमा थप एक जनाको मृत्यु भएको छ । बुधवार साँझ भैरबी गाउँपालिका–४ भैरीकालिकाथुमका ४५ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका डा.जगत थापाले जानकारी दिए ।
सोमवार गरिएको आरटी–पीसीआर परीक्षणमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनि दैलेखस्थित आइसोलेसन अस्पतालमा उपचाररत थिए । उनि भैरबी गाउँपालिका–४ स्थित गौरी माध्यामिक विद्यालय बालेकाँडामा कार्यरत शिक्षक हुन् ।
डा. थापाका अनुसार उनमा ‘अक्सिजन स्याचुरेसन असाध्यै कम थियो, दैलेख सदरमुकामस्थित आइसोलेसनमा अक्सिजन सहित उपचाररत ती पुरुषको स्वास्थ्य स्थिति थप जटिल बन्न थालेपछि हामीले सुर्खेत रिफर गरेका थियौँ, थप उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।
यो सँगै दैलेखमा पछिल्लो चरण कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस अघि ७५ बर्षीय र ३५ बर्षीय पुरुष र २७ बर्षीया गर्भवती महिला गरी तीन जनाको मृत्यु भईसकेको छ । अघिल्लो बर्ष ६ जना कोरोना संक्रमणबाट ज्यान गुमाउनु परेको थियो ।


सम्बन्धित समाचार