दैलेखमा १ हजार ९ सय ८ले जित कोरोना
दैलेखः दैलेखमा हालसम्म १ हजार ९ सय ८ले जित कोरोना कोरोना जितेका छन् ।
बिश्वब्यापि महामारिको रूपमा नयाँ भेरियन्टमा फैलिएको कोरोना भाईरसले दैलेखमा कुल २५४३ जना संक्रमित भएका छन् यस मध्ये १९०८ जना कोरोना सक्रमितहरूले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।
दैलेखमा सक्रिय कोरोना सक्रमितको सख्या ६१४ रहेको र दैलेख सदरमुकाम स्थित आईसोलेसनमा ३६ जना सक्रिय अलि गम्भीर खालका कोरोना सक्रमितहरू उपचाररत रहेका छन् भने बाकि सक्रमितहरू होम आईसोलेनमा रहेको स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य संयोजक थीरप्रसाद रेग्मीले जानकारी दिए ।





