Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

कोरोनाको नाममा आफूखुसी रकम नउठाउन प्रशासनको निर्देशन

दैलेख ः जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना भाइरसको नामा आफूखुसी रकम नउठाउन निर्देशन दिएको छ ।
विहीबार प्रशासनले सुचना जारी गर्दै हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको सन्दर्भमा आफूखुसी रकम संकलन गर्ने, विभिन्न अभियानका नाममा रकम जम्मा गरिरहेको सूचना प्राप्त भएको सम्बन्धमा उक्त कार्यलाई निरुत्साहित गर्नुपर्ने भएकोले त्यस्ता कार्य नगर्न नगराउनु सम्पुर्णा सरोकारवालालार्य निर्देशन दिइएको हो ।
कोही कसैले स्वच्छिक रुपमा रकम जम्मा गर्ने चाहेमा राष्ट्रिय बाणिज्य बैंक सिंहदरवार परिसर शाखामा रहेको ‘‘कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’’मा खाता नं. १९६०००००११०१ मा जम्मा गर्ने सकिने प्रशासन कार्यालयले जारी गरेको सुचनमा उल्लेख छ । त्यस्तै आजको मिति देखि अगाडी कोही कसैले रकम संकलन जम्मा गरेको भए उक्त खातामा गरेको जम्मा गरी भौचर यस कार्यालयमा पेश गर्ने समेत सुचनामा उल्लेख गरिएको छ ।

यस्तो छ प्रशासनद्धारा जारी सुचना

 

समाचार