औषधि सहित गाउँगाउँमा पुगे स्वास्थ्यकर्मी
दैलेख ः दैलेखको भगवतीमाई गाउँपालिकाका स्वास्थ्यकर्मीहरु औषधि उपचार सहित गाउँगाउँमा पुगेका छन् ।
कोरोना महामारीले गर्दा विश्व नै आक्रान्त भएको समयमा स्वास्थ्यकर्मी औषधिबोकेर गाउँगाउँमा पुगेका हुन् । कोरोना भाईरसको नयाँ भेरीयन्ट उच्च गतिमा फैलिएको अवस्थामा गाउँपालिकाकाका अध्यक्ष सहितको टोली गाउँगाउँमा पुगेको छ ।
जिल्लालाई कोरोनाले यतिवेला गाँजेको छ । नागरिकहरु यसको तरासमा छन्, यस्तो अवस्थामा गाउँपालिका अध्यक्ष सहितको टोली गाउँमा पुग्दा नागरिकहरुमा आत्मबल बढिरहेको महसुग गर्दै छन् यहाँका नागरिकहरुले ।
विषेशज्ञ डाक्टर सहितको टोली यति बेला वडा–वडामा पुगेको छ । १ जना डाक्टर सहित ४ जना अन्य स्वास्थ्यकर्मी तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सम्मेतले स्वास्थ्य चौकीमा पुगरे स्वास्थ्य जाँच गराएरहेको भगवतीमाई गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टिकाराम बिष्टले बताए । उनका अनुसार ‘कोरोनाको यो महामारीमा आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरु आम नागरिकहरुको जीवन रक्षाका लागि वडा–वडामा पुगेका हाँै’, कोरोना महामारी छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मी खटिनु पर्छ उनले भने, गाउँपालिका भरि अभियान चलाएका छौँ । प्रत्येक वडामा रहेका स्वास्थ्य चौकी र कोरोना प्रभावित क्षेत्रमा हाम्रो टोली पुग्ने छ । जेठ २ गतेबाट अभियानका रुपमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा गाउँपालिकाका ७ वडा मध्ये ५ ठाउँमा स्वास्थ्यकर्मीको टोलि पुगरे चेकजाँच गराई सकेको छ । अव २ वटा वडामा रहेका स्वास्थ्य चौकी र प्रभावित क्षेत्रमा जाने उनको भनाई छ ।
गाउँपालिकामा धेरै नागरिकहरु बिरामी भएको अवस्थालाई हेरी अहिले सम्म ११२ जनाको एन्टिजेन्ट बिधिबाट कोरोना चेक गरिएकोमा ४० जना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम आइसोलेसनमा बस्न सल्लाह दिएको स्वास्थ्य शाखा प्रमुख बिष्टले जानकारी दिए ।
त्यस्तै महाबु गाउँपालिकाले पनि प्रत्येक वडामा गयर नागरिकहरुको कोरोना चेकजाँच गरिरहेको छ । महामारीको बेला प्रत्येक वडामा गएर सेवा प्रदान गर्दा स्थानीय बासी निकै खुसि महसुस गरेका छन् । त्यहाँका स्थानिय भन्छन् यो महामारीमा आफ्नो जीवन जोखिममा राखेर हामिलाई बचाउन आएकोमा आमी खुसी भउका छौँ ।
गाउँपालिकाका १ देखि, ६ वडा सम्मका टोल बस्तिमा रुघा, खोकी, ज्वरो आउने ,टाउको दुख्ने लगायतका विभिन्न रोगहरुलाई नियन्त्रण गर्न, तपशिलका वडाहरुमा निशुल्क एन्टिजेन्ट, पि.सि.आर परिक्षणको लागी टोली गाउँगाउँमा पुगेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमेशकुमार दसौदी जानकारी दिए ।




