Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

विद्यार्थीले सहयोग उठाएर दिए अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर

दैलेख ः दैलेखमा विद्यार्थीले सहयोग उठाएर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर दिएका छन् ।
दैलेख सदरमुकाममा रहेकाे त्रिभुवन माध्यामिक विद्यालयका विद्यार्थीहरु मिलेर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर दिएका हुन् ।
बिश्वब्यापी महामारिको रूपमा फैलिएको कोरोना भाईरसको उच्च भइरहेका समयमा यस विद्यालयका एस.एल.सी ब्याच २०६० का पुर्व बिधार्थीहरूद्धारा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । ब्याच २०६० का पुर्व बिधार्थीहरूको सामुहिक निर्णय अनुसार जिल्लामा स्वास्थ्य सामाग्रिहरूको अभाव खड्किएको भन्दै सानो भएपनि सहयोग स्वरूप स्वास्थ्य सामाग्री विद्यालयका प्रधानध्यापक निरक तारामीलाई हन्तान्तरण गरिएको पुर्व बिधार्थी उमेश प्याकुरेलले बताए ।
उनका अनुसार पुर्व बिधार्थीहरू ५३ जनाको समुहले बिपतको घडिमा आ–आफ्नो स्वईच्छाले सामुहिक रूपमा एक लाख पचास हजार रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री बिद्यालयका प्रधानाध्यापक मार्फत स्वास्थ्य सेवा कार्यालय दैलेखलाई हन्तान्तरण गरिएको यसै विद्यालयका पुर्व बिधार्थी रन्जित कुमार श्रेष्ठले पंचकोशीलाई जानकारी दिए । उनले भने– अक्सिजन कन्सन्ट्रेटर १ थान र अक्सिजन माक्स १५ थान निरक सर मार्फत स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिए हौँ । हाम्रो यस अभियानमा सहयोग गरेकोमा जिल्ला प्रशासन कार्यालय तथा स्वास्थ्य सेवा कार्यालयलाई धन्यवाद छ ।

समाचार