कोरोना नियन्त्रणमा सामानुपातिक सांसद सक्रिय
दैलेख ः दैलेखबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सामानुपातिक सांसद पार्वती कुमारी विशुन्के कोरोना नियन्त्रणमा सक्रिय बनेकी छिन् । कोरोना महामारी महामारीकोरोनाको बढ्दो संक्रमणसँगै मुलुकभर अक्सिजन सिलिण्डरको अभाव भईरहेको छ । यस्ताने अवस्थामा सांसद विशुन्केले दैलेखको लागि पहल गरेर अक्सिजन सिलिण्डर पठाएकी छन् । संसदमा दैलेखका समासमायिक विषयमा आवाज उठाउदै आएकी उनि दैलेखलाई पर्ने हरेक विपत्तिमा आफु लागि पर्ने बताउँछिन् ।
दैलेख जिल्लामा बैशाखयता नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर बढ्दो छ । कोरोना भाइरस रोकथाम नियन्त्रण तथा संक्रमितको उपचारका लागि आवश्यक पहल भईरहेका छन् । स्थानीय तहहरु समेत संक्रमण रोकथाममा जुटेका छन् । प्रदेश सांसद र संघीय सांसदले समेत अक्सिजन सिलिण्डर, स्वास्थ्य सामग्रीको जोहो गरिरहेको छन् ।
गतबर्ष कोरोना नियन्त्रणमा सम्मेत नागरिकलाई सुरक्षित गर्नेमा अहम भूमिकामा देखिएकी सांसद विशुन्केको पहलमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले दैलेखका लागि अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री पठाएको छ । विभागले दैलेख अस्पतालका लागि १० वटा अक्सिजन सिलिण्डर, दुई वटा अक्सिजन कन्सनट्रेटर पठाएको जानकारी दिइन् । सांसद विशुन्केका अनुसार १० वटा इन्फारेड थर्मोमिटर, पीसीआर किट समेत पठाईएको छ । त्यस्तै स्वास्थ्य सामग्रीहरु गाउन, चश्मा (सेफ्टी), सर्जिकल मास्क, सेनीटाइजर, एननाइन्टीफाइभ मास्क समेत अस्पतालका लागि पठाईएको छ ।
दैलेखमा कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा रोकथाम तथा नियन्त्रणका लागि आफुले पहल गरिरहेको सांसद विशुन्केको भनाई छ । उनले भनिन् ‘कोरोना संक्रमित बिरामीहरुले अक्सिजन अभावका कारण ज्यान गुमाउन नपरोस् भन्नका लागि मैले सक्दो पहल गरिरहेको छु,’ ‘अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागसँग दैलेख जिल्लाको लागि अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री पठाएको हुँ ।’ जिल्लाका लागि थप अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री पठाउनका लागि आफु जुटेको उनको भनाई छ ।







