Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

विपक्षीको बहुमत पनि केपि ओलिले नै पुर्याइदिन पर्ने हो र ? : धर्मराज रेग्मी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटी सचिव धर्मराज रेग्मिले संसद पुनःस्थापन भएसंगै विपक्षीलाई बैकल्पिक सरकार गठन गर्ने सुबिधा जहिले पनि प्राप्त भएको बताएका छन ।विपक्षि दलहरुले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हिम्मत नगर्ने र प्रधानमन्त्रीको लागि न्युनतम अंक नपुर्याउने भन्दै सामाजिक संजाल मार्फत यस्तो अभिव्यक्ति दिएका हुन।

राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालको संविधान धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठुलो दलको हैसियतमा एमाले अध्यक्ष केपि शर्मा ओलिलाई मिति २०७८ बैशाख ३० गते प्रधानमन्त्री पदमा न्युक्ती गरेकी थिइन । संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभामा प्रधानमन्त्रीले तीस दिन भित्र विश्वासको मत लिनुपर्ने थियो, तर बर्तमान देशको राजनीतिक परिस्थितिलाई नियाल्दा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने बलियो आधार नभएकाले २०७८ बैशाख २७ को भन्दा स्थितिमा कुनै फरक नदेखिएकोले मुलुकलाई अन्यौलमा राख्न नहुने भन्दै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री न्युक्ती सम्बन्धि प्रक्रिया आरम्भ गर्न र बैकल्पिक सरकार गठन गर्नका निम्ति मार्ग प्रशस्त गर्न उपयुक्त देखिएको भन्दै मिति २०७८ जेठ ६ गते बसेको मन्त्रीपरिषदले निर्णय गरेको थियो ।

मन्त्रीपरिषदको निर्णयलाई प्रधानमन्त्री केपि शर्मा ओलिले राष्ट्रपति समक्ष प्रधानमन्त्री न्युक्ती प्रक्रिया आरम्भ गर्न अनुरोध गरेपछि राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालको संविधान धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री न्युक्ती गर्ने प्रयोजनका लागि २०७८ बैशाख ७ गते (आज) साझ ५ बजे सम्मा प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रतिनिधि सभा सदस्यलाई आह्वान गरेकी थिइन ।

यसैलाई मध्यनजर गर्दै सचिव धर्मराज रेग्मिले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, घोक्रेठ्याक लाउछौ भनिराख्ने तर बैधानिक दावी नगर्नेहरुलाई प्रधानमन्त्रीले मार्गप्रसश्त गर्दा नि रोइलो किन गर्ने, अनि के विपक्षीको बहुमत पनि केपि ओलिले नै पुर्याइदिन पर्ने हो र ? भनेर प्रश्न गरेका छन । उनले भने, ‘विपक्षी मोर्चाले सक्छ सरकार बनाओस सक्दैन रोइलो नगरोस ।’ -दर्पण दैनिकबाट

समाचार