भगवतीमाईले समुदायस्तरमै कोरोनाको परिक्षण गर्ने
दैलेख ः दैलेखको भगवतीमाई गाउँपालिकाले समुदायस्तरमै गएर कोरोना परिक्षण गर्ने भएको छ ।
कोरोना महामारीले गर्दा विश्व नै आक्रान्त भएको समयमा स्वास्थ्यकर्मी औषधिबोकेर समुदाय स्तरमै कोरोनाको परिक्षणको लागि पुने भएका हुन् । कोरोना भाईरसको नयाँ भेरीयन्ट उच्च गतिमा फैलिएको अवस्थामा गाउँपालिकाकाका पहलमा समुदाय स्तरमै गएर परिक्षण गर्ने स्वास्थ्य संयोजक टिकाराम बिष्टले पंचकोशी खबरलाई बताए ।
उनले दिएको जानकारी अनुसार गाउँपालिका भित्रका सबै वस्ती स्तरमै गएर कोरोना परिक्षण गर्ने काम छिट्टै सुरु गर्ने गरी एक्सनपलान भइरहेको छ । गाउँपालिकाकामा अहिले १० वेडको आइसुलेसन छ । ५ वटा अक्सीजन सिलिण्डर आइपुगेका छन् । थप २० वटा सिलिण्डर ल्याउने तयारी भई सकेको छ ।
कोरोनाका कारण कोही सिरियस बिरामी परेमा अस्पताल सम्म लैजानको लागि एम्बुलेन्स तयारी अवस्थामा छ । औषधि नपाउने अवस्था आउँन नदिनको लागि पालिकाकमा आवश्यक औषधी ब्यवस्था गरिएको छ ।
पहिलो चरणमा सबै स्वास्थ्य चौकीमा कोरोनाको परिक्षण गरिएको छ । डाक्टरको ब्यवस्था भए पछि नागरिकमा आशा पलाएको छ, । स्थानिय सरकार आएपछि डाक्टरको ब्यवस्था नभएर उपचारको लागि बाहिर जानुपर्ने अन्य हुने अपेक्षा गाउँपालिकाले लिएको छ ।




