बर्षातले घर भत्किदा एककाे मृत्यु
दैलेख ः जिल्लाको भैरवी गाउँपालिकामा बर्षातले घर भत्किदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार विहाना १०ः३० बजेको समयमा अविरल वर्षाको कारण यस गाउँपालिकाको वडा नं. २ बालेसैनि स्थित जय बहादुर थापाको ढुङ्गा माटोले बनेको २ (दुई) तले कच्ची घरको अगाडी पट्टीको बरन्डा भत्किदाँ उनकी ६३ बर्षिया श्रीमती लक्ष्मी थापा घाइते भएको र उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार घटना स्थलको प्रारम्भिक अनुसन्धान भई भइरहेको छ ।




