Loading... आजः २०८२, २९ फाल्गुन शुक्रबार

दुर सञ्चार कार्यालय कालिकोटमा ताला बन्दी

कालिकोट। जिल्लाको सदरमुकाममा रहेको नेपाल टेलिकमको कार्यालयले 4Gसेवा सञ्चालन नगरेको भन्दै अखिल क्रान्तिकारि र अनेरास्वबियुका युवा, बिद्यार्थीहरुले अनिश्चितकाल सम्मका लागि ताला बन्दी गरेका छन ।

विश्वव्यापीरुपममा फैलिएको कोभिड १९ कोरोना कहरको समयमा सवै शैक्षिक संस्थाहरु बन्द भएको बेला विद्यार्थीहरुले अनलाईन कक्षा मार्फत पठन् पाठन गर्ने असजिलो भएको र  विद्यार्थीको भबिश्यनै अन्धकार गर्ने नेपाल टेलिकम दुर सञ्चार केन्द्र कालिकोटमा आफुहरुले तालाबन्दि गरेको विद्यार्थी नेता हिक्मतजंग मल्लले बताए ।

अखिल  क्रान्तिकारि र अनेरास्वबियु का केन्द्रिय सदस्य भिम प्रसाद आचार्य र हिक्मतजंग मल्ल द्धारा हस्ताक्षरित प्रेस बिज्ञप्ती मा भनिएको छ । कालिकोटका नागरिक र विद्यार्थीको जिबनमा खेलबाड गर्ने दुर सञ्चारको कार्यालयमा ताला बन्दी गरेका हौ, यो ताला अनिश्चितकालका लागि लगाईएको हो ।4G  सञ्चालन नगरुञ्जेल सम्म ताला लगाईरहन्छौ 4G सेवा र ईन्टरनेट सेवा सुचारु भएको दिनमा मात्र ताला खोलिने उल्लेख गरिएको छ ।