Loading... आजः २०८३, २० बैशाख आईतवार

संसद विघटन विरुद्धको रिट आज दर्ता गर्दै विपक्षी दल

काठमाडौं– प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका दलहरु सोमबार सर्वोच्च अदालत जाने भएका छन्। प्रधानमन्त्री पदका दाबेदार शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको दावीसहित विपक्षी गठबन्धन १४९ जना सांसदको हस्ताक्षरसहित अदालत जान लागेको हो।

आइतबार नै अदालतमा रिट दर्ताको तयारी गरिए पनि सबै आवश्यक कागजातसहितको विवरण तयार पार्न ढिलाइ भएकाले आज  रिट पेस गर्ने तयारी गरिएको हो।

सर्वोच्च अदालतमा रिट दर्ता गर्नुपर्ने समयसम्म कागजात तयार नभएकाले  पनि आइतबार रिट दताए गर्न नसकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए। आज अदालत खुल्नासाथ दर्ता गरिने उनको भनाइ छ।

रिट दायर गर्नका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह तथा राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्षर संकलन गरिएको थियो। सांसदहरुलाई हस्ताक्षरका लागि अदालती ुफर्म्याटु उपलब्ध गराइएको थियो।

कांग्रेस सांसद डिला संग्रौलाले संविधानको ७६ ९५० अनुसार प्रधानमन्त्रीको दाबी गर्ने व्यक्तिको समर्थन दलको आधारमा नभई वैयक्तिक अधिकार भएकाले व्यक्तिरव्यक्तिको प्रमाणहरु पेस गर्न लागिएको जानकारी दिइन्।

शुक्रबार १४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गरेका थिए। प्रधानमन्त्री केपी ओली पक्षबाट अर्को दाबी पनि आएकाले दुवैलाई राष्ट्रपतिले अस्वीकृत गर्दै निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

शनिबार पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रतितिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध १४९ जना सांसदलाई लिएर सर्वोच्च अदालत जाने निर्णय गरेको थियो।

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको निरन्तरता नै असंवैधानिक रहेको ठहर  गर्दै पाँच राजनीतिक दलसम्बद्ध गठबन्धनले  उनले प्रतिनिधिसभा विघटनको सिफारिस गर्न नपाउने दाबी अघि सारेको छ।

समाचार