अनेरास्ववियु दैलेखका सहसंयोजक माथि सामूहिक हमला
दैलेख ः अनेरास्ववियु दैलेखका सहसंयोजक निरक खड्कामाथि सामूहिक हमला भएको छ । महाबु गाउँपालिका–२ खरिगैरामा हिँडिरहेका बेला ६÷७ जनाको समूहले खड्कामाथि हमला गरेका थिए । हमलाबाट खड्काको बाँया हातमा गम्भीर चोट लाग्नुका साथै कपाल, छापी, ढाड तथा आँखामा चोट लागेको छ । उनिमाथि सामुहिक हमला भए पछि पिडित पक्षले जाहरी दिए संगै घटनामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको र उनिहरुलाई सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी इन्द्रजित सुनारले जनाकारी दिए ।
अनेरास्ववियु दैलेखले खड्कामाथि हमला गर्ने समूहलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दै यदि कुनै पनि वहानामा दोषीले उन्मुक्ति पाउने खालको कुरा भएमा सशक्त कदम चाल्न बाध्य हुने अनेरास्ववियु संयोजक अग्नि रिमालले बताएका छन् ।




