Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

संक्रमण दरमा ५.७ प्रतिशतले ह्रास

काठमाडौं । नेपालका कोभिड–१९ को सङ्क्रमण दर यस साता घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता संक्रमण दर घटेकोे जानकारी दिइएको हो । इपिडिमियोलोजिष्ट तथा काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक डा अर्चना श्रेष्ठले गत साताको तुलनामा यस साता ५.७ प्रतिशतले संक्रमण दर घटेको दावी गरे । पछिल्लो २४ घण्टामा सात हजार ९ सय १४ संक्रमित भेटिएका छन् । शनिबारको तुलनामा आइतबार भेटिएका संक्रमितको संख्या कम हो । शनिबार आठ हजार ९ सय ८० संक्रमित फेला परेका थिए । उनका अनुसार वागमती, गण्डकी र लुम्बनी प्रदेशमा संक्रमण दर घटेको र प्रदेश नं १, प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बढेको पाइएको छ ।

वागमती १६.३१ प्रतिशत, गण्डकी १०.८७ प्रतिशत र लुम्बनी प्रदेशमा १९. १ प्रतिशत संक्रमणको दर घटेको छ । सबभन्दा बढी प्रदेश नं २ मा संक्रमण दर फैलिएको छ । प्रदेश नं २ मा १०५.१ प्रतिशतको दरले संक्रमण बढेको छ । प्रदेश नं १ मा २६.८ प्रतिशत, कर्णालीमा २९.१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९.६ प्रतिशतले संक्रमण दर बढेको पाइएको छ । उनले संक्रमण दर कम भए पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे पुनः बढ्ने बताए । यस्तै जिल्लागत रूपमा ५० जिल्लामा संक्रमणको दर व्यापक रुपमा फैलिएको उनको भनाइ छ । प्रतिलाख जनसंख्यामा २७.८ जनामा दैनिक मानिसमा संक्रमण छ । उनले गत वर्षभन्दा यस वर्ष तीन गुणाले संक्रमणको दर फैलिएको जानकारी दिए ।

गत वर्ष असोजमा प्रतिदश लाख जनसंख्यामा १३१.७ जनामा दैनिक संक्रमणको दर रहेको थियो भने यसपटक जेठमा नै ३०७.६ जनामा संक्रमणको दर रहेको उनको भनाइ छ । संक्रमणको पोजिटिभ हुने दर पनि गत वर्षभन्दा यस वर्ष दोस्रो लहरले बढेको पाइएको छ । गत वर्ष २५.२ प्रतिशतमा पोजेटिभ दर र यस वर्ष ४६.७ प्रतिशत छ ।

इपिडिमियोलोजिष्ट डा श्रेष्ठ संक्रमणबाट निधन हुने गत वर्षभन्दा यस वर्ष बढी रहेको जानकारी दिए । उनका अनुसार यस वर्ष संक्रमितमध्ये १.३१ प्रतिशतको निधन र गत वर्ष ०.७५ प्रतिशतको भएको थियो । अहिले हरेक उमेर समूहमा संक्रमणको कारणले मृत्युदर बढिरहेको उनको भनाइ छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सबभन्दा बढी १० जिल्लामा संक्रमणको जोखिम रहेको बताए ।

उनका अनुसार काठमाडौँ, रुपन्देही, ललितपुर, बाँके, भक्तपुर, मोरङ, कास्की, कैलाली, दाङ र चितवन रहेका छन् । उनका अनुसार काठमाडौँ उपत्यकामा संक्रमण घट्दै र उपत्यका बाहिर बढ्दै गएको छ । सबभन्दा चैत अन्तिम सातादेखि जेठको पहिलो हप्तासम्म सबभन्दा दु्रत गतिमा संक्रमण बढेको बताए । साैर्य  दैनिकबाट

समाचार