Loading... आजः २०७८, ४ असार शुक्रबार

चीनसँगको सम्बन्ध तोड्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महामारीका लागि चीनको पुनः आलोचना गर्दै उससँगको सबै सम्बन्ध तोड्ने धम्की दिएका छन् ।

राष्ट्रपति ट्रम्पले फक्स बिजेनससँगको कुराकानीका क्रममा भनेका छन, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न सक्छौं ।’

ट्रम्पले पुनः आफैंले सोधे, ‘यदि यस्तै भए के होला ? ’ र आफैले जवाफ दिए, ‘यदि सबै सम्बन्ध तोड्नुभयो भने तपाईंले आफ्नो ५ सय अर्ब डलर बचाउनुहुनेछ ।’ ट्रम्पको इशारा चीनसँगको द्वीपक्षीय व्यापारमा अमेरिकाको विशाल घाटातर्फ थियो ।

अमेरिका पछिल्लो केही समयदेखि चीनमाथि भाइरसका लागि क्षतीपूर्ती दिनका लागि दबाब बनाइरहेको छ । अमेरिकाले चीनमाथि महामारीको सुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ ।

तर चीनले भने लगातार अमेरिकाले लगाएको उक्त आरोप अस्विकार गर्दै आएको छ । बीबीसी