Loading... आजः २०८३, १८ बैशाख शुक्रबार

दैलेखमा प्रदर्शन ः नेबिसघका १३ विद्यार्थी नेता कार्यकता पक्राउ

कुमार प्याकुरेल 

दैलेख ः  नेपाल बिधार्थीसघ जिल्ला कार्यसमिति दैलेखले भारतिय पक्षले सिमा अतिक्रमण गरेकाे बिरूद्दमा दैलेख सदरमुकाममा राके जुलुस प्रदर्शन गरेकाे छ । भारतिय पक्षले लिपुलेख लगायतका अाफ्ना देशकाे सिमा मिचेर पक्कि सडक निर्माण हुदा समेत नेपाल सरकार बेखबर रहेकाे हास्यापद भनाई रहेकाे भन्दै तत्काल अाफ्नाे देशकाे सिमा रक्षा गर्न माग गर्दै नेपाल बिघार्थी सघ केन्द्रीय समितिका अामन्त्रित केन्द्रीय सदस्य लाेकेश अाचार्यकाे नेतृत्वमा सदरमुकाममा हातमा कालेा पट्टी बाँधी  राके जुलुस निकालेका थिए ।

लिपुलेक फिर्ता गर सिमा अतिक्रमण बन्द गर, नालायक सरकार राजीनामा दे , भारतिर बिस्तारबाद मुर्दावाद,सिमा अतिक्रमण बन्द गर लगायतका नाराका साथमा स्थानिय लाेकतान्त्रिक चाैकबाट निकालिएकाे राकेजुलुस,डेकेन्द्रचाैकसम्म अाउनै लाग्दा प्रहरिले १३ जना नेबिसघका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएकाे हाे ।

प्रहरिले केन्द्रीय सदस्य लाेकेश अाचार्य ,मनाेज भण्डारि,सुशील देउजा,माैसम थापा,अाश्बिन श्रेष्ण,राजेश शाही,अासिष श्रेष्ठ,सन्दिप प्याकुरेल,प्रभात शाही,अश्मिन थापा,अर्जुन क्षेत्रि,गणेश बिष्ट सुजन शाही लाई प्रहरिलाई नियन्त्रणमा लिएकाे छ ।शान्तिपुर्ण रूपमा नेबिसघका नेता कार्यकर्ताहरूले साङेतिक रूपमा अाफुले निकालेकाे राके जुलुसमा प्रहरिले बल प्रयाेग गरि अाफुलाई थुनामा राखेकाे विद्यार्थी नेता सुशील देउजाले बताए।

नेबिसघ संबद्ध नेता कार्यकताकाे मागहरू राम्रा भएपनि हाल देशकाे परिश्थिति अलि फरक रहेकाे अवस्थामा हुल हुज्जतलिई राके जुलुुस प्रदर्शन गरेकाेले प्रहरिले नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक उपेन्द्र अाचार्यले बताए, उनिहरूकाे साेधपुछ भईरहेकाे उनिहरूबिच अाबश्यक अनुसन्धान भईरहेकाे जनकारी दिए ।

समाचार

सम्बन्धित समाचार