Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

मन दुखेर आउँछ -गजल


साह्रै निष्टुरी बनिदिँदा समय मन दुखेर आउँछ ।
आफ्नै मित्र बनेर आउँदा भय मन दुखेर आउँछ ।

इन्द्रै विन्ती गर्दा पनि त मान्दै नमानेर यो खेलमा
गराएर नै छाड्यो र त पराजय मन दुखेर आउँछ ।

ए दैब कस्तो लिला हो तेरो बुझ्न सकिन मैले
बेला बखत बनिदिन्छस निर्दय मन दुखेर आउँछ ।

अन्जानका गल्ती माफी गर्न लायक हुदा हुन तर
जानाजान गरिदिन्छन कतिपय मन दुखेर आउँछ ।

दिललाई चाेरी मनलाई फोडी बाँस बस्ने मान्छेलहरु
एक शब्द नसोधी गर्छन निर्णय मन दुखेर आउँछ ।


भगवतीमाइ गाउँपालिका–५, दैलेख

समाचार