Loading... आजः २०८३, २८ भाद्र आईतवार

कालीकोट र डोल्पामा विकासका काम गरेबापत खाद्यान्न दिने कर्णाली प्रदेशको निर्णय

कर्णाली प्रदेश सरकारले कर्णालीका दुई जिल्ला कालीकोट र डोल्पामा विकासे काम गरेबापत खाद्यान्न दिने भएको छ । कर्णाली प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कालीकोट र डोल्पा जिल्लाका स्थानीयले विकासका काम गरेकापत खाद्यान्न (चामल) दिने निर्णय गरेको हो ।

कालीकोट र डोल्पामा खाद्यान्न खरिदका लागि त्यहाँका स्थानीय तहलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई रकम हस्तान्तरण गर्ने स्वीकृती प्रदान गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता सीताकुमारी नेपालीले बताइन् ।

‘त्यहाँका स्थानीय तहहरूले जिल्लाको अदक्ष कामदारको जिल्ला दररेटअनुसार काम गरेको कार्यदिनको आधारमा खाद्यान्न (चामल) उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भनिन्, ‘त्यसका मापदण्ड बनाएर खाद्यान्न वितरण गरिनेछ ।’

त्यस्तै, खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतलाई ८ हजार ३ सय क्विन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार ८ सय ३३  रुपैयाँ अनुदान दिने निर्णय गरिएको प्रवक्ता केसीले बताइन् । शिलापत्रबाट

समाचार

सम्बन्धित समाचार