भगवतीमाईमा १० वेडको अस्थायी अस्पताल निर्माण
दैलेख ः जिल्लाको भगवतीमाई गाउँपालिकाले १० वेडको अस्थायी अस्पताल निमार्ण गरेको छ ।
कोरोना भाइसरको बड्दो संक्रमणलाई मध्यनजर गर्दै पालिकाले १० वेडको अस्पताल निमार्ण गरेको हो । गाउँपालिकाको वडा नं. २ मा रेहको खोलेगाडी विद्यालयमा कोभिड–१९ उपचार अस्थायी अस्पताल निर्माण गरी उपचार सुरु गरिएको स्वास्थ्य शाखाका प्रमुख टिकाराम बिष्टले जानकारी दिए ।
कोरोना संक्रमित बिरामीका लागि गाउँपालिकाले २० थान अक्सिजन सिलिण्डर खरिद सम्मेत गरेको छ । स्वास्थ्य सेवा विभागबाट ५ थान अक्सिजन सिलिण्डर र नन्दकिशोर बस्नेतले यस पालिकालाई ५ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । यो संगै गाउँपालिकामा अब ३० थान अक्सिजन सिलिण्डर छन् । स्वास्थ्य सेवा विभागबाट प्राप्त १ अक्सिजन कन्सन्ट्रेटर सहित गाउँपालिकाले कोरोना संक्रमितको उपचार पालिकामै गर्न थालेकोे गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँगाउँमा गएर परिक्षण गरेपछि अब भने गाउँपालिका भरीको एक ठाउँबाट परिक्षण र उपचार गर्न थालिएको हो । कोही विरामी भएमा खोलेगाडीमा सार्वजनीक बिदाको दिन बाहेका सबै दिन बिहाना १० बजे देखि साँझ ५ बजे सम्मा कोरोना परिक्षण ब्यवस्था मिलाएको छ । गाउँपालिका भित्रका कोही संकाष्पद कोभिड बिरामी वा ज्वरो, रुघाखोकी लगाएतका बिरामीका लागि एन्टिजेनट र पिसिआर स्वाव कलेक्सन गरिने छ । पिसिआर रिपोर्टको लागि स्वास्थ्य सेवा कार्यालय दैलेख पठाउने ब्यवस्था मिलाइएकाे छ । विदाको दिन बाहेक अन्य दिन टेस्ट गर्ने ब्यवस्था छ । जसको लागि सम्पुर्णा स्वास्थ्य चौकीहरुलाई कोभिडको आसंका लागेका विरामिलाई त्यहाँ पठाउनको लागि पत्राचार गरिसकेको छ ।
कोरोनाले देशनै आक्रान्त भएको समयमा गाउँपालिकाले सकरात्मक पहल चालेको र गाउँपालिकाका नागरिको सेवामा खटिएको बताउँदै डाक्टर प्रभाकर यादबले आफुले बिरामीको लागि सक्दो सलाह दिदै कोरोनाका बिरामीको अवस्था हेरी अक्सिजन सहित आसुलेसनमा राख्नुपर्ने भए राख्ने जनाकारी दिए ।




