कोरोनाबाट १६ पत्रकारको मृत्यु, ८१३ संक्रमित
काठमाडौं– देशभरमा कोरोना संक्रमणबाट १६ जना पत्रकारको निधन भएको छ। नेपाल पत्रकार महासंघले बिहीबार जारी गरेको विवरण अनुसार ५२२ पत्रकार संक्रमणमुक्त भएका छन्।
यस्तै चार जना पत्रकार आईसीयूमा उपचाररत छन् भने तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको महासंघले जनाएको छ। महासंघका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा चार पत्रकारको मृत्यु भएको छ।
प्रदेश १ मा १, प्रदेश २ मा दुई, बागमतीमा दुई, गण्डकीमा दुई, कर्णालीमा एक जना पत्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उपत्यका प्रदेशमा दुई जना र प्रतिष्ठान प्रदेशमा दुई जना पत्रकारको निधन भएको छ।





