Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

कर्णालीमा एकै दिन ४ सय २३ जनाले जिते कोरोना

सुर्खेत : कर्णालीमा एकै दिन चार सय २३ जनाले कोरोना जितेका छन्।

पछिल्लो २४ घण्टामा मात्रै थप चार सय २३ जना डिस्चार्ज भएका हुन्। योसँगै कर्णालीमा हालसम्म १४ हजार ६ सय ९ जनाले कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा गरिएको चार सय ९ जनाको आरटी पीसीआर परीक्षणमा एक सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। भने पाँच सय ५५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा थप ८७ जना गरेर जम्मा दुई सय ७४ कोरोना संक्रमित थपिएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २६ पुगेको निर्देशनालयले जनाएको छ।

हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या पाँच हजार पाँचसय ९१ पुगेको छ।

समाचार