Loading... आजः २०७८, ४ असार शुक्रबार

उच्च शिक्षा विषयगत समितिको बिज्ञमा सिजापती

दैलेख ः नेपाली काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले उच्च शिक्षा बिषयगत समितिको बिज्ञको रूपमा दैलेखकी प्रभा सिजापतिलाई नियुक्त गरेको छ ।
नेपाली काँग्रेसको बिधान २०१७ (संसोधन सहित) को ३६(१)(ङ) अनुसार नेपाली काँग्रेस दैलेखकी प्रभावशाली नेतृ प्रभा सिजापतिलाई नेपाली काँग्रेस केन्द्रीय नीति , अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको श्री किशोरदत्त बराल सयोजक रहेको उच्च बिषयगत समितिको बिज्ञको रूपमा प्रतिष्ठानले नियुक्त गरिएको हो ।
नेपाली काँग्रेसका उपसभापति एव केन्द्रीय नीति, अनुसन्धान तथा प्रतिष्ठानका प्रमुख बिमलेन्द्र निधिद्वारा हस्ताक्षरित पत्रमा सिजापतिलाई बिज्ञको रूपमा नियुक्तिसङ्गै प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, नीति निर्देशक तथा बिषय सयोजकको समन्वयमा रहि सम्बन्धित बिषयमा पार्टीको नीति निर्माणमा सहयोग पुर्याउन भन्दै उनलाई नियुक्ति गरिएको जनाएको छ ।
सिजापति दैलेखमा यक क्रियाशिल, प्रखरबक्ता, र लोकप्रिय महिला नेतृको रूपमा परिचित हुनुका साथै लामो समयदेखि शिक्षण पेशामा पनि आबद्ध रहदै आएकी छन् ।


सम्बन्धित समाचार