दैलेखी युथद्धारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
दैलेख ः दैलेखको माटोमा सधै आफुलाई सामाजिक कार्यमा अग्रस्थानमा स्थापित गराउदै आएको युवाहरूको समुह दैलेखी युथले दैलेख अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हन्तान्तरण गरेको छ ।
अक्सिजनको अभावले दैलेखमा कसैलेपनि ज्यान गुमाउन नपरोस् दैलेखी नागरिकलाई स्वस्थ्य र निरोगी बनाउने अभियान अन्तर्गत दैलेखका सक्रिय सामाजिक युवाहरूको समुह दैलेखी युथले बिपतमा परेका दैलेखबासिहरूलाई अक्सिजन सिलिण्डर अभियान मेरो पनि एकहजार अन्तर्गतबाट सङ्कल गरिएको रकमले स्वास्थ्य सेवा कार्यालय दैलेखलाई अक्सिजन कन्सन्ट्रेटर हन्तान्तरण गरेको हो ।
बिश्वब्यापी कोरोनाको महामारी फैलिएको सन्र्दभमा दैलेख पनि कोरोनाको दोस्रो लहर आक्रान्त छ यस्तो समयमा हरेक नागरिले आफ्नो सुरक्षा गर्नुपर्ने भए असामान्य परिस्थितिबाट गुज्रिरहेको यस बिपतको समयमा सबै मिलिर विषम परिश्थितिको सामना गर्दै यो महासङ्कटको समयमा दैलिखी युथले बिपदमा परेका दैलेखबासिहरूलाई अक्सिजन सिलिण्डर अभियानमा मेरो पनि एक हजार अभियान अन्तर्गतको करिव एक लाख को रकम सङ्कलन गरि युथले दैलेख अस्पताललाई १ थान अक्सिजन कन्सन्ट्रेटर ५ थान पल्स अक्सिमिटर स्वास्थ्य सेवा कार्यालयका दैलेखका निमित्त स्वास्थ्य ब्यवस्थापक थिरप्रसाद रेग्मीलाई दैलेखी युथका सचिव मनोज भण्डारी लगायतका युथहरूले हस्तान्तरण गरेका छन् ।
दैलेखी युथले यसअघि पनि जिल्लाका सामाजिक, खेलकुद, तथा बिबिध गतिबिधिहरूमा दैलेखमा आफुहरूलाई अग्र स्थानहरूमा राख्दै सामाजिक कार्यहरूमा लागिपरेको र जिल्लाको जुनसुकै परिस्थितिमा पनि दैलेखी युथ साथसाथमा रहने युथका सस्थापक अध्यक्ष प्रेम शाहिले बताए ।




