Loading... आजः २०७८, १० श्रावण आईतवार

निर्माणधिन पुष्पलाल स्मृति पार्कमा बृक्षारोपण

दैलेख ः जिल्लाको दुल्लु नगरपालिका ८ मा निर्माण हुन लागेको पुष्पलाल स्मृति पार्कमा बृक्षारोपण गरिएको छ ।
विश्व वातावरण दिवसको अवसरमा सनिबार पञ्चकोशी वहुप्राविधिक शिक्षालय संगै निर्माणाधिन पुष्पलाल स्मृति पार्क परिसरमा बरपिपल रोप्ने कार्यक्रमको रोपीएको छ । दुल्लु नगरपालिका ८ स्थित मध्यपहाडी लोकमार्ग संगै थापाथली बजारदेखी जिमुवाल डाडासम्म उक्त स्मृति पार्क अहिले निर्माणको चरणमा छ । सनबार परेको विश्व वातावरण दिवसको अवसरमा दुइजोडा वबरपिपल रोपेर वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको दुल्लु नगरपालिकाका मयेर घनश्याम भण्डारीले जानकारी दिए ।
उनका अनुसार त्यहाँ रोपिएका बरपिपलमा चौतारो समेत निर्माण गर्न मिल्ने गरेर बरपिपल रोपिएका छन । बरपिपलले वातावरण स्व्च्छ राख्नुका साथै पार्कको शोभा समेत बढाउने छ ।