Loading... आजः २०८१, ३० फाल्गुन शुक्रबार

सरकारी कार्यालय तथा सार्वजनीक स्थानमा एभाेकाडाेकाे बिरूवा राेपियाे

दैलेख ः विश्व वातावरण दिवसको अवसरमा सरकारी तथा सार्वजनिक स्थानमा फफूलका एभोकाडो बिरुवा रोपण कार्यक्रम गरिएको छ ।
कृषि विकास कार्यालय दैलेखकाे अायाेजनामा जिल्ला भित्रका सरकारी कार्यालय कारागार ,स्वास्थ्य ,शिक्षा, सामाजिक विकास , कालेनिका, जिल्ला प्रशासन, इन्द्रदल गुल्म लगायतका क्षेत्रमा फलफूलका विरुवा रोपीएको कार्यालय प्रमुख तिलक पाण्डेले जानकारी दिए । उनका अनुसार जिल्लाको सार्बजनिक ठाउँमा पनि एभोकाडो विरुवा र प्राङ्गारीक मल सम्मेत उपलब्ध गराईएको छ ।
एभोकाडो, भिटामिन ए, बी, ई, फाइबर, मिनरल्स र प्रोटिनले भरिपूर्ण एक गहिरो हरियो रङको फल हो । लो फ्याट मोनोसेचुरेटेड भएको कारणले यसको सेवन गर्दा धेरै रोगबाट बचाउँछ ।


यस्ता छन् एभोकाडोका फाइदा ः
१. घामको किरणबाट बच्नका लागि एभोकाडो सनस्क्रिन लोशनको प्रयोग गर्न सकिन्छ । एभोकाडो लोशनलाई छालामा लगाएर बाहिर निस्कँदा यसमा भएको पोषक तत्वले घामबाट बचाउन सहयोग गर्छ ।
२. सफा र चम्किलो छालाका लागि एभोकाडो र मेवाको मिश्रणमा हल्का मह मिसाएर अनुहारमा लगाउने । त्यसको केही समयपछि चिसो पानीले मुख धुने । यसो गर्दा अनुहारमा जमेको मैला हट्छ । अनि मिल्छ प्राकृतिक सुन्दरता ।
३. एन्टी अक्सिडेण्टको गुण पाइने अभोकाडोको प्रयोगले छालालाई पोषण प्रदान गर्छ । यस्तै, ‘ब्युटी प्रब्लम्स्’ पनि हटाउँछ । लगाउनुको साथै दैनिक एक एभोकाडो खाँदा पनि यसले शरीर र छाला दुवैलाई फाइदा पुर्याउँछ ।
४. प्रदूषण, कपालको उचित स्याहार सम्मार नगर्ने र हिटिङ टुल्सको धेरै प्रयोगले कपाल ड्यामेज हुन्छ । यस्तो स्थितिमा एभोकाडोको गुदीलाई लेप बनाएर हप्तामा तीनपटक कपालको जरामा लगाउँदा कपाल झर्ने समस्याबाट मुक्ति मिल्छ ।
५. एभोकाडोको गुदिलाई नियमित रुपमा लगाउँदा कपाल नरम बनिरहन्छ । चम्किलो पनि देखिन्छ ।
६. एभोकाडोलाई दुई चम्चा जैतुनको तेलमा मिश्रण गरेर मिलाउनुहोस् । त्यसपछि यसलाई कपालको जरामा लगाएर आधा घण्टापछि धुनुहोस् । यसो गर्दा कपाल बलियो र नरम बन्छ ।
७. भिटामिन ए र ई, फाइबर र मिनरल्स पाइने एभोकाडोको सेवनले छाला सँगसँगै शरीरलाई पनि फाइदा पुर्याउँछ । यसले मोटोपन र सुगर पनि कम गर्छ ।
८. एभोकार्डाेमा प्रशस्त मात्रामा पाइने प्रोटिनले कमजोर हड्डी र हार्ट अट्याकको समस्या पनि हुन दिँदैन । त्यसैले दैनिक एक एभोकाडो खानु लाभदायक मानिन्छ ।

९. यदि हाम्रो जीवनमा ‘एक दिन, एक एभोकार्डाे’ लागू गर्ने हो भने क्यान्सरको खतरा रहँदैन । यसको सेवनले शरीरमा क्यान्सर सेल्स बढ्न दिँदै । जसले गर्दा क्यान्सर खतरा पनि हुँदैन ।
१०. एभोकाडोमा हुने फाइबरले पेटलाई सफा राख्छ । कब्जियत, अपच र एसिडिटी जस्ता रोगको लागि एभोकाडो सेवन सन्जीवनी हो । यसले पाचन प्रक्रियालाई समेत ठीक राख्छ ।