Loading... आजः २०७८, ४ असार शुक्रबार

जिल्ला प्रशासनद्धारा अनुगमनमा तिब्रता

दैलेख ः जिल्ला प्रशासन कार्यालय दैलेखले अनुगमनमा तिब्रता दिएको छ । कोरोना भाइरसले गर्दा जिल्लामा निषेधाज्ञा भएको समयमा ब्यापारीबाट उपभोक्ता ठगिन सक्ने भन्दै प्रशासनले अनुगमनलाई तिब्रता दिएको हो ।
विश्वभर महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले जिल्ला आक्रान्त छ । जिल्लामा गरिएको निषेधाज्ञाले नागरिकको जनजिवनमा प्रभावलाई मध्यनजर गर्दै जिल्ला भित्रका विभिन्न स्थानिय तह तथा स्थानिय बजारमा प्रशासनले बजार अनुगमनलाई तिब्रता दिएको पाइएको छ । अनुगमनकै क्रममा स्थानिय प्रशाशनको अगुवाईमा सम्बन्धित सरोकारवाला निकायसङ्गको सयुक्त टोलीले सोमवार डुङ्गेश्वर गाउँपालिका र दुल्लु नगरपालिकमा पर्ने विभिन्न स्थानका पसलहरुमा अनुगमन गर्यो ।
अनुगमनका क्रममा, मेडिकल, एग्रोभेट, खुद्रा पसलरूमा म्याद नाघेका सामानहरूको विशेष रूपमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले पञ्चकोशी खरबलाई जानकारी दिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार जिल्ला बासीले लकडाउनकाे पुर्ण पालन गरेकाे धारण ब्यक्त गर्दै अनुगमनको क्रममा दुल्लु नगरपालिका वडा नं. १ को तल्लो डुङ्गेश्वर बजार रहेको ओम शान्ति एग्रोभेट सेन्टरमा म्याद नाघेको पशुपंक्षीका लागि प्रयोग हुने जुगाको औषधि एल्बिन्डाजोल उनन्तीस थान बरामद गरिएको छ ।
प्रशासनले अनुगमनका क्रममा पसलहरुमा राखेका म्याद गुर्जेका सामाग्रीहरु बरामद गरि सचेत समेत गराएको छ ।


सम्बन्धित समाचार