Loading... आजः २०७८, ४ असार शुक्रबार

नैनकला थापा : पहिलो महिला सञ्चार मन्त्री

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा शपथ लिएलगत्तै थापाले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ । नेपालको पहिलो महिला सञ्चार मन्त्री बन्ने अवसर पाउनुभएकी थापाले मन्त्रालयमा को मन्त्री आयो, को गयो भन्नेतिर नजान आग्रह गर्नुभयो । ‘हामी एक अर्काको पुरक हुन सक्यो भने उद्देश्य प्राप्त गर्न सक्छौं,’ उहाँले पदभारपछि भन्नुभयो, ‘छिटो भन्दा छिटो मन्त्रालयको उद्देश्य पूरा गर्न सक्छौं । इच्छाशक्ति चाहिँ हुनुपर्छ ।’

मन्त्री थापाले सञ्चार मन्त्रालयलाई आफूले गम्भीरतापूर्वक र संवेदनशील मन्त्रालयकोरुपमा लिएको बताउनुभयो । मन्त्री थापाले जनता र सरकारबीच सूचना आदानप्रदान गर्ने महत्वपूर्ण जिम्मेवारी रहेकोले मत्रालयले सही सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले डिजिटाइजेसनलाई पहिलो प्राथमिकतामा राखेको जानकारी गराउनुहुँदै मन्त्री थापाले डिजिटाइजेसन सफल पार्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री थापाको संक्षिप्त परिचय

जन्मस्थान

बुटवल

हाल

चितवन

शैक्षिक योग्यता

बीए/बीएड

अनुभव

पूर्व शिक्षिका कालिका मा.वि. बुटवल र नारायणी मा.वि. चितवन

संगठन

२०३५-०३६ विद्यार्थी आन्दोलनमा सहभागी
२०३८ : नेकपा (चौम) पार्टी सदस्य
२०३८ : अ.ने.म.संघ जिल्ला सचिव
२०४२ : अ.ने.म.संघ केन्द्रीय महासचिव
२०४७ : अ.ने.म.संघ केन्द्रीय संयोजक
२०५० : एकीकृत अ.ने.म.संघ केन्द्रीय महासचिव
२०६४-२०६८ : राष्ट्रिय महिला आयोग अध्यक्ष


सम्बन्धित समाचार