बाढीले बगाउँदा ५० बर्षीय थापा बेपत्ता

दैलेख ः बिहीबार बिहान परेको अविरल वर्षात्का कारण आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
दैलेखको भैरवी–२ स्थित पोडीगार्ड खोलामा निर्माण भइरहेको सिँचाइ आयोजना निर्माणकार्यमा कार्यरत सोही वडाका ५० वर्षीय केशर बहादुर थापालाई बाढीले बगाएर बेपत्ता बनाएको छ । सिँचाइ योजनाको जाली भर्न लागिरहेका बेला एक्कासी खोलामा बाढी आएर बगाएको सँगै रहेका उनका भाइ गणेश थापाले जानकारी दिए ।
योजनाको काम नियमित भइरहेकाले जाली भरिरहेको अवस्थामा एक्कासी बाढी आयो, जाली छोप्न खोज्दा बाढीले बगाएर बेपत्ता भएको थापाले जानकारी दिए ।
स्थानीय योजनामा कार्यरत मजदुर र गाउँलेले उनको शव खोजी गरिरहेका छन् । घटना बिहान १२ बजे घटेलगत्तै खोजीकार्य जारी राखेको र उक्त खोला मिसिएको अर्को खोला छामघाटमा समेत सम्मेत बिहानदेखि बगरैबगर हिँड्दा पनि कुनै अत्तोपत्तो नलागेको गणेश थापाले बताए । जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी उनुसार उनि खेतमा पानी लगाई घर जान लागेका थिए । प्रहरीले घटना घटेको खबरपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट दुई प्रहरी घटनास्थलमा खटाइएको छ ।
घटना घटेको थाह पाएसंगै सबै तिर खाजिकार्य भई रहेको जिल्ला प्रहरीकार्यालयका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।








