सर्वोच्चले केपी ओलीले गरेका घात र वेथिति खारेज गरेको छ : भीम रावल
काठमाडौं : एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेर कामचलाउ बनेको सरकारले मन्त्रिपरिषद् विस्तार गरेकोविरुद्ध अन्तरिम आदेश दिएपछि रावलले यस्तो टिप्पणी गरेका हुन्।
नेता रावलले मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता,पद्धतिमाथि गरिएको घात र बेथितिलाई अदालतले खारेज गरेको बताएका हुन्। उनले यो विषयले प्रधानमन्त्रीले नैतिकताको बोध गर्नुपर्नेसमेत उल्लेख गरेका छन्।
‘आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रम केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ’, रावलले ट्वीटमा प्रश्न गर्दै भनेका छन्, ‘के प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला ?’,
सँगै उनले ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा आफूले गरेको ट्वीटकोसमेत सम्झना गरेका छन्।





