अन्तरिम आदेशमाथि सूर्य थापाको प्रश्न : मन्त्री बनाउने कार्यविधि र अधिकार सर्वोच्चको हो ?
काठमाडौं : मन्त्रिपरिषद् विरुद्धारविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशमाथि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रश्न गरेका छन्।
थापाले अन्तरिमपछि ट्वीट गर्दै त्यसमाथि प्रश्न गरेका हुन्। उनले मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चको हो भन्दै प्रश्न गरेका हुन्।
सँगै थापाले २०७४ सालमा शेरबहादुर देउवालाई अधिकार हुने र अहिले ओलीलाई किन नहुने भन्दै अर्को प्रश्न गरेका छन्। उनले आदेशमाथि टिप्पणी गर्दै अदालतको प्रतिष्ठा काययम रहोस् भन्ने कामना गरेका छन्।
‘देउवालाई २०७४ अधिकार थियो, अहिले ओलीलाई छैन ? प्रतिष्ठा कायम रहोस्, बस !’, थापाले ट्वीटमा लेखेका छन्, ‘मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चको हो र ?’
सँगै थापाले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको भाषण फैसलामा मंगलबार हुबहु आएको र माधव नेपाल र भीम रावलको वक्तव्य र भाषण फैसलामा भेटिएको भन्दै अरु दुई प्रश्न गरेका छन्।
‘प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु ?’, अदालत र विपक्षी नेतामाथि प्रश्न गर्दै उनले थपेका छन्, ‘माधव–रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु ? यो के भएछ ?’





