निजी नम्वर प्लेटका सवारी साधन गुड्न पाउने
दैलेख ः दैलेखमा अब निजी नम्वर प्लेटका सवारी गुड्न पाउने भएका छन् । करीब २ महिना लामो विषेधाज्ञा केही खुकुलो भएसंगै दैलेखमा अब निजि नम्वर प्लेटका सवारी गुड्न पाउने भएका हुन् ।
कोरोनको दास्रो लहरको महामारी बढदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले बैशाख २१ गते देखि जिल्लामा निशेधाज्ञा जारी गरेको थियो जुन असार २१ गते २ महिना पुग्दै छ । जिल्लामा पटकपटक निषेधाज्ञाको अवधि थप्दै पछिल्लो पटक असार १० गते राति १२ बजेसम्मलाई निशेधाज्ञा जारी थियो विषेधाज्ञाको अवधि सकिदै गर्दै प्रशासनले शुक्रबारबाट लागुहुने गरी निषेधाज्ञा केही खुकुलो बनाएको छ ।
स्थानिय प्रशाशनको निषेधाज्ञाले स्थानियको जनजिवन कष्टकर बन्दै गईरहेको दैलेखमा निधेघाज्ञा खुकुलो भएसङ्गै सदरमुकाम तथा आसपासका क्षेत्रमा चहल पहल बढ्न थालेको छ । कोरोना कहरको समयमा कोरोनाको केन्द्र बनेको दैलेखका सक्रिय कोरोना सक्रमितहरूको सख्या घटेसङ्गै प्रशासनले सुरक्षा मापदण्ड अपनाउदै ब्यापार ब्यबसाय तथा निजि नम्वर प्लेटका सवारि साधनहरू सञ्चालन गर्न दिने भएको प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले जानकारी दिए ।
विषेधाज्ञा निरन्तरताको सुचना सावजतिक गर्दै निधेघाज्ञालाई केही खुुकुलो बनाएको जानकारी दिएको छ ब्युटिपालर, सैलुन, होटल, रेष्टुरेन्ट, चियानास्ता पसल, बाहेकका ब्याबसायहरू शनिवार बाहेक अन्य दिन दिउसो ४ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरूको पुर्ण पालना गरि सन्चालन गर्न दिने भएको छ । सार्वजनिक सेवन प्रवाह गर्ने सरकारी । गैरसरकारी सस्था र बैक तथा बित्तिय सस्थाहरूले जनस्वास्थ्यको मापदण्ड पूरा गरि सेवन प्रवाहमा नियमित गर्ने, जनस्वास्थ्यका मापदण्डहरूको पुर्ण पालना गर्ने र निर्माण स्थलमा रहि कार्य गर्नेगरि निर्वाध रूपमा सञ्चालन गर्ने, सवारी साधनहरूको हकमा स्वास्थ्य, सरक्षा, सरकारी कुटनितिक, प्रेस, सरसफाई, फोहोरमैला ब्यबस्थापन, खानेपानी, बिघुत, संचार सम्बन्धि र चालक र सहचालक मात्र सवार हुनेगरि दैनिक उपभोग्य, कृर्षिजन्य, पशुजन्य, निर्माणजन्य बस्तुहरू ढुवानी गर्ने सवारी साधनहरू निर्वाध रूपमा सन्चालन गर्ने, दुईपाग्रे सवारी साधनहरू (मोटरसाईकल, स्कुटर, साईकल) अटोरिक्सा (चालक समेत बढिमा ३ जना मात्र) र निजि सवारि साधन (जिप, चालक समेत बढिमा ४ जना) जिल्ला भित्र आवश्यक कामका लागि सन्चालन गर्न सकिने सुचनामा उल्लेख गरिएको छ ।
लामो समयदेखिको बन्दाबन्दिको मार खेपिरहेका जिल्लाबासिहरूले आफ्नो व्यापार ब्यबसाय दिउसो ४ बजेसम्म भएपनि खोल्न पाउने भन्दै प्रशासनले गरेको निर्णयले ठुलो राहत महशुश भएको ब्यापारीहरुले बताएकाछन् ।








