Loading... आजः २०८०, १० मंसिर आईतवार

शौचालय प्रयोग विहीन

दैलेख जिल्लाको सदरमुकाममा रहेका सार्वजनिक शौचालयहरू प्रयोगमा आउँन सकेका छैनन् । उतिबेला जिल्ला विकास समिति मातहरमा दैलेखलाइ खुल्ला दिसामुक्त गरि सकिएको छ । जिल्ला खुल्ला दिशामुक्त अभियानमा बनायका शोचालय प्रयोग विहीन हुँदा नागरिकले दुःख पाइरहनु परेको छ जिल्लाका केही ठाउँमा अहिले पनि सार्वजनिक शौचालय छैनन् । सदरमुकाममा खुल्ला दिसामुक्त अभियानलाई लक्षित गरी बनाएका शौचालयहरु अहिले सम्म प्रयोगमा आउँन सकेनन् ।
दैलेख जिल्लालाई सन् २०१४ भित्र खुला दिसामुक्त गर्ने लक्ष्य लिएपछि जिल्लामा धमाधम चर्पी निर्माण भएका थिए । जिल्लालाई खुल्ला दिसामुक्त बनाउनका लागि जिल्लाका तत्कालिन दैलेख जिल्लालाई २०७२ असार ७ गते नेपालको २५ औं खुला दिसामुक्त जिल्ला घोषणा गरियो । नेपालको २५ आंै जिल्ला, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको ७ औं र भेरी अञ्चल तेस्रो खुला दिसामुक्त जिल्ला घोषणा गरियो । त्यतिवेलामा जिल्लाभरका ४८ हजार ६ सय ९० घरधुरीमा पक्की र एक सय ५५ कच्ची शौचालय ८४ वटा साझा, पाँच सय ८२ संस्थागत र १३ वटा सार्वजनिक शौचालयहरू निर्माण गरी दैलेख जिल्लालाई मध्यपश्चिमको ७ औं र भेरी अञ्चलको तेस्रो जिल्लाको रूपमा दैलेख खुलादिसा मुक्त जिल्ला घोषणा गरिएको थियो ।
त्रिभुवन उच्च माध्यामिक विद्यालय नजिक डेकन्द्र चौक, पुरानो बसपार्क लगाएतका क्षेत्रमा बनाएका शौचालय निर्माण भए देखि नै प्रयोग विहिन हुदाँ गाउँबाट कामको शिलशिलामा सदरमुकाम सम्म आउत जावत गर्नलाइ झनै समस्या भएको छ । कामको लागि बजार सम्म आउने नागरिको समस्यालाई मध्येनजर गरी निर्माण गरि सार्वजनिक सौचालयहरू बर्षाै देखि बन्द भई प्रयोगमा नआउँदा दुर्गन्धित भई संरचना समेत काम नलाग्ने भएको प्रत्यक्ष देख्न सकिन्छ । बजार क्षेत्रमा नागरिकले शौचालय जानकै लागि नास्ता खानुपर्ने बाध्यता सम्मेत सिर्जना भएको छ ।
शौचालय निर्माण गरेर मात्र हुँदैन त्यहाँ आवश्यक पर्ने पानिको पनि ब्यवस्थापन हुन जरुरी हुन्छ जिल्लामा भएका सार्बजनि शौचालयमा पानीको राम्रो ब्यवस्था छैन नागरिकहरु दिशा पिसाब गर्ने जंगल खाज्नु पर्छ सार्बजनिक शौचालयमा पानी सहितको व्यवस्था गरि शौचालय प्रयोगमा ल्याउन सम्बन्धित पक्षको ध्यान जान जरुरी देखिन्छ ।