Loading... आजः २०७८, १० श्रावण आईतवार

स्वास्थ्य संस्थामा राजनीति भएको छ-कर्णालीको सामाजिक विकास समिति

जाजरकोट- कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले शनिबार बिहान जाजरकोट स्वास्थ्य सेवा कार्यालयको अनुगमन गरेको छ। स्वास्थ्य सेवा कार्यालयले प्रवाह गरेको सेवा तथा समस्या बुझ्न आएको समितिले जिल्लाका अधिकारीसँग पनि छलफल गरेको छ।

समितिकी अध्यक्ष देवी वलीको नेतृत्वमा आएको समितिको टोलीले स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा भए गरेका कामको विषयमा समेत व्यापक छलफल भएको सदस्य कौशिलावती खत्रीले जाजकारी दिइन्।सेवा कार्यालयको स्वीकृत बार्षिक कार्यक्रम, निकासा भएको बजेट र कार्यान्वयनको अवस्था, नियमित तथा कोभिड–१९ को उपचार सेवा, जनशक्ति व्यवस्थापन तथा परिचालनको अबस्था, पूर्वाधार, स्वास्थ्य सामग्री र औषधिको अवस्थाका बारेमा समितिले अनुगमन गरेको सदस्य खत्रीले बताइन्।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउका लागि प्रदेश र संघबाट आएको बजेट कामै नगरी फ्रिज हुने अवस्थामा पुगेको तितो यथार्थ सुनाउँदै प्रदेशसभा सदस्य खत्रीले भनिन्, ‘अक्सिजन प्लान्ट खरिद, ढुवानी तथा जडानका लागि प्रदेश सरकारले कार्यालयलाई निकासा दिएको ४० लाख बजेट कार्यान्वयन गर्न नसकेर फिर्ता पठाउनु दुखद हो। कोभिडका बिरामीहरुको उपचार सरकारले निशुल्क गर्ने भनेर नीतिगत निर्णय गरिसकेको सन्दर्भमा स्वास्थ्य सेवा कार्यालयले बिरामीहरुबाट चर्को शुल्क उठाउनु गलत भएको छ।‘