राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यकर्ता बनेर काम गरेको देउवाको आरोप
काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता बनेर काम गरेको आरोप लगाएका छन्। संघीय संसद भवन बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले प्रधानमन्त्रीको दाबीमा शंका लाग्दा सनाखत गर्न सक्ने अधिकार भए पनि नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।
राष्ट्रपतिलाई हामीले १ सय ४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेपछि उहाँलाई शंका लागेको भए सनाखत गर्न सक्नुहुन्थ्यो। उहाँले त ओलीको कार्यकर्ता जस्तो बनेर काम गर्नुभयो।ु ुभारतमा पनि यस्तो अभ्यास गरिएको छ तर यहाँ राष्ट्रपतिले केही गर्दै नगरी संसद विघटन गर्नुभयो।’राष्ट्रपतिले संविधानअनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा नगरेपछि आफूहरु अदालत जानुपरेको देउवाको भनाई छ । ‘अब अदालतले मलाई प्रधानमन्त्री तोकेर ३० दिन भित्र विश्वासको मत लिनु भनेर आदेश गर्छ भन्ने मलाई विश्वास रहेको देउवाले बताउनुभएको छ ।




