Loading... आजः २०८३, १५ बैशाख मंगलवार

माओवादीमा महाधिवेशनबाट नेतृत्व आउने, २९९ केन्द्रीय सदस्य

काठमाडौं नेकपाको एकता भंग भएपछि नेकपा माओवादी केन्द्र पार्टी व्यवस्थापनमा जुटेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ताबाट पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे मागेको सुझाव प्राप्त भएपछि माओवादी पार्टीलाई व्यवस्थित गरेर अघि बढ्न जुटेको हो।माओवादी केन्द्रले पार्टीको प्रस्तावित विधान केन्द्रीय कमिटी सदस्यहरुलाई पठाएको छ। विधान अध्ययनपछि केन्द्रीय कमिटीको सदस्यहरूबाट आएको सुझावलाई समावेश गरेर विधान पारित हुने नेता देव गुरुङले बताए।

‘हामीले सबैलाई पार्टी विधानको मस्यौदा पठाएका छौँ। उहाँहरूले अध्ययनपछि पठाएको सुझावलाई अवश्यकताअनुसार समावेश गरेर पास गछौँ’ उनले भने।विधानअनुसार माओवादीले पहिलो पटक महाधिवेशनबाट नेतृत्व चयन गर्ने भएको छ। हालसम्म १० वर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्डले नै पार्टीको नेतृत्वमा सम्हाल्दै आएका छन्।पार्टीमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, र केन्द्रीय सल्लाहकार परिषद्को संरचना रहने विधानमा उल्लेख छ।

विधानको धारा १५ मा उल्लेख भएअनुसार। राष्ट्रिय महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुनेछ। पहिलो पटक महाधिवेशनबाट नेतृत्व चयन गर्नका लागेको माओवादीको पाँच वर्षमा महाधिवेशन सपन्न गर्नुपर्ने हुन्छ। विशेष परिस्थितिमा केन्द्रीय समितिले स्पष्टीकरणसहित बढीमा ६ महिनासम्म महाधिवेशनको समय सार्न सक्ने उल्लेख छ।महाधिवेशनको लागि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच एकीकरण भई २०७७ फागुन २३ गतेसम्म नेपाल कम्युनिष्ट पार्टी नेकपा को रुपमा कार्यरत रहेकोले उक्त समयावधि उपदफा २ को सन्दर्भमा गणना नगरिने उल्लेख गरिने छैन। महाधिवेशनको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय समितिले तोकेबमोजिम हुनेछ।

समाचार