Loading... आजः २०७८, १० श्रावण आईतवार

बाँस निगालो उद्योग संकटमा, माग भने बढ्दो

दैलेख ः दैलेखमा बाँस निगालो उद्योग तथा सम्बन्धित पेसा पछिल्लो समय संकटमा परेका छन । दैलेखको नारायण नगरपालिका वडा नं –१ मा न्यु नारायण बाँस निगालो उधोग सञ्चालन गर्दै अाएका लक्ष्मण खड्गीले विगत १८ बर्ष देखि बस्ने मुडा ,डोको,नाम्लो, मन्दिर ह्याङ्गर डाला, स्याकु, पाथि,  ऐना राख्ने फ्रेम लगायत १५ प्रकार का सामग्रीहरु उत्पादन गर्छन ।

उनकाअनुसार हाल वस्तुको माग बढे पनि उचित मुल्य नपाउदा उद्योग संकटमा परेका हुन । दक्ष जनशक्ति र यन्त्र उपकरण अभावले गर्दा समय र श्रम बढी लाग्ने तर तयारी  वस्तु सस्तोमा बिक्री गर्नु पर्ने बाध्यता रहेको छ ।

बिगत तिन बर्ष अघि देखि यसै पेसामा संलग्न रहेकी नारायण नगरपालिका वडा नं –४ सिराडिकि राजु कुमारी सुनारले बस्तु उत्पादन लाई प्रविधिमैत्रि बनाउन सरकार र संसस्थाको सहयोग भए आफुले गर्दै आएको ब्यबसाय जोगिने आशा रहेको बताईन। सरकारी बजेटको हरेक आर्थिक बर्षमा विनियोजन गरिने रकमले ब्यक्तिको जिविकोपार्जन र सिधै उत्पादनसंग जोडिएका घरेलु तथा साना उद्योगहरुलाई समेट्न नसक्नु दुर्भाग्य सावित  भएकाे उनिहरूकाे भनाइ रहेकाे छ ।