पन्ध्र बर्षीया बालिकालाई यौनदुव्र्यवहार गर्ने रामबहादुरलाई १ बर्ष कैदको फैसला
दैलेख ः जिल्लाको दुल्लु नगरपालिका वडा नं। १३ का रामबहादुर शाहीलाई १ जिल्ला अदालतले १ बर्ष कैदको फैसला सुनाएको छ ।
१५ वर्षीया बालिका माथि यौनदुव्र्यवहार घटनाका कसूरदार दुल्लू नगरपालिका–१३ मालिकाका २२ वर्षीय रामबहादुर शाहीलाई दैलेख जिल्ला अदालतले आइतबार एक वर्ष कैद र १० हजार जरिवाना सुनाएको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट उनलाई एक वर्ष कैद र १० हजार जरिवानाको अलवा ४ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी नायब सुब्बा टीकाराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार गत वर्ष साउन १२ गते भएको यौनदुव्र्यवहार घटनामा बाल यौन दुरुपयोग भएको ठहर गर्दै जिल्ला अदालतले यस्तो फैसला गरेको छ ।





