Loading... आजः २०८२, २२ फाल्गुन शुक्रबार

कर्णालीमा प्रदेशसभा बैठकमा एमालेको अवरोध

सुर्खेत -गत असार ११ गते दिउँसो २ बजेपछि सुरु भएर १५ मिनेटमै स्थगित कर्णाली प्रदेशसभा बैठक आज आइतबार पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको छ।असार ११ गते शुक्रबार जस्तै आज पनि प्रदेशसभा बैठकको कार्यसूचीमा प्रवेश गर्न नै नदिएर रोष्ट्रममै करिब ४ मिनेट उभिएर एमालेले बैठक अवरुद्ध गरेको हो।

कर्णाली प्रदेशको गत जेठ २४ गतेबाट वर्षे अधिवेशन सुरु भएयता फ्लोर क्रसु गर्ने कर्णाली चार सांसद बैठकमा सहभागी भएका थिएनन्। तर गत असार १ गते फ्लोर क्रस गर्ने एक सांसद प्रकाश ज्वाला बैठकमा सहभागी भएका थिए।आज भने एक महिनाका लागि निलम्बन गरिएका दुई जना मन्त्री प्रदेश सभाको बैठकमा सहभागी भएका थिए। ती मन्त्रीहरू बैठकमा सहभागी भएको भन्दै एमालेले आठौँ अधिवेशनको १३ औँ बैठक पनि अवरुद्ध गरको हो।त्यस्तै कर्णाली प्रदेश सरकारमा सहभागी एमालेबाट दुई मन्त्री भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री आजको बैठकमा सहभागी भएका हुन्।

उक्त सरकारमा रहेका एमालेका दुवै जना मन्त्री आजको बैठकमा सत्ता पक्षको सिटमा बसेका थिए। एमाले संसदीय दलका नेता यामलाल कँडेलले सुरुमै रोष्ट्रममा उठेर सभामुखले रुलिङ गरेअनुरुप व्यवस्थाको आसन व्यवस्था नभएको प्रति आपत्तिसमेत जनाए।
उनले भने,‘प्रदेशसभामा निर्दलीय व्यवस्था कायम गर्न खोजिएको छ। संवैधानिक व्यवस्थाविपरीत, सर्वोच्च अदालतको फैसलाविपरीत स्वयं सभामुखले सभालाई जानकारी दिनुभएको व्यवस्थाविरुद्ध बढ्ने प्रयत्न गरिएको छ।’