Loading... आजः २०७८, ९ कार्तिक मंगलवार

कर्णाली प्रदेश सरकारले राउटे संरक्षण नीति बनाउने

सुर्खेत- गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भयो। आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरङ्गित पनि बनायो।
राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो व्यवहार गर्नेलाई कडा कारबाही गर्नुपर्ने माग राखे। कर्णालीका जंगलहरुमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका निर्दोष युवतीलाई होटलमा पुर्‍याएर यौन दुर्व्यवहार गरेको आपत्तिजनक भिडियो भाइरल भएपछि राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण पनि गरायो।

यताआयोगको ध्यानाकर्षणपश्चात् सुर्खेत प्रहरी प्रशासनले गुर्भाकोट नगरपालिका– ९ सुर्खेतका चमन घर्ती जोगी, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनसहित तीन जनालाई पक्राउ गर्यो।पछिल्लो समयमा राउटे युवतीमाथि भएको यौन दुर्व्यवहार प्रसारण गर्ने युट्युब च्यानललाई पनि प्रहरीले बन्द गरेको छ।युवतीमाथि यौन दुराचार गर्ने ती युवाहरुलाई भने मानव ओसारपसार र जबर्जस्ती करणी कसुरको मुद्दा लगाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार अहिले अन्य समुदायको मान्छे प्रवेश निषेध गराउन राउटे बस्तीमा सुरक्षा व्यवस्था मिलाइएको छ।