अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु
दैलेख- अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
अछामको तुर्माखाद गाउँपालिका-३ थालपाटा निबासि जैसरा बिकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
रोपाईको तयारिका लागि शनिबार घाँस काट्न गएकि बिकको घटनास्थलै मृत्यु भएको स्थानिय निम सुनारले जानकारि दिनुभएको छ ।
मृतक जैसराका दुई छोरा र दुई छोरि रहेका जनाइएको छ ।




