गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बाँस्तोला नियुक्त
राजनिति
काठमाडौं- गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताका अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन्।मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उनलाई मुख्य न्यायाधिवक्ताका नियुक्त गरेकी हुन्।
पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन्। उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष बाँस्तोला डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष पनि हुन्।
मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार रहने ब्यवस्था छ।








