बाढी पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई कांग्रेसले २५ हजार दिने
काठमाडौं -बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नेपाली कांग्रेसले २५ हजार रुपैयाँ दिने भएको छ।२०७८ साल वैशाखयता बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई २५ हजार उपलब्ध गराउन लागिएको हो।
कांग्रेसको बाढीपहिरो विपद् व्यवस्थापन समितिका केन्द्रीय समन्वय समितिका संयोजक मोहन बस्नेतले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन्।
मृतकको परिवारले कांग्रेसबाट उपलब्ध गराउने राहत प्राप्त गर्नका लागि सम्बन्धित निकायबाट सनाखत हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।








