Loading... आजः २०८२, २२ फाल्गुन शुक्रबार

रुकुम पश्चिममा फेला परेको सकेट बम निष्क्रिय गरियो

रुकुम पश्चिम – रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिका ४ मा मङ्गलवार बिहान फेला परेको सकेट बम निष्क्रिय गरिएको छ ।स्थानीयवासी खेमबहादुर सुनारले खेतमा खन्ने क्रममा प्लास्टिकले बेरेको तार जडान गरेको अवस्थामा सकेट बम फेला परेको थियो ।

आज बिहान नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा बम निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारि दिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक इन्स्पेक्टर कपिल शाहीसहित १० जना र नेपाली सेनाको नरसिंह दल गण ख गुल्म बोहरा गाँउबाट क्याप्टेन सुशील थापाको कमान्डमा गएको ६ जनाको टोलीले बम निष्क्रिय गरेको जनाईएको छ।

त्यो सकेट बम द्वन्द्वकालमै छोडिएको हुन सक्ने बताइएको छ ।