Loading... आजः २०७८, १० श्रावण आईतवार

शिक्षक महासंघ दैलेखद्धारा आन्दोलनका कार्यक्रम घोषणा

दैलेख ः शिक्षक महासंघ दैलेखले राज्यले शिक्षक प्रती गरेको बिभेदप्रति असन्तुष्ट जनाउखदै आन्दोलनका कार्यक्रम घोषण गरेको छ ।
जिल्लामा कार्यरत सम्पुर्ण शिक्षकहरूको पेशागत संस्थाको रूपमा रहेको शिक्षक महासंघ दैलेखले राज्यले गरेको बिभेदपुर्ण ब्यबहारका कारणले आम शिक्षकहरू मर्काको परेको भन्दै राष्ट्रब्यापी रूपमा शिक्षक आफ्ना आन्दोलनका कार्यक्रमहरूको घोषण गरेको हो । शिक्षक महासंघ केन्द्रीय कार्यसमितिद्वारा देशभर सयुक्त रूपमा आन्दोलनका कार्यक्रम स्वरूप जिल्लामा पनि पाँच वटा मैनबत्ति बालि आन्दोलनका कार्यक्रमहरू घोषणा गरिएको शिक्षक महासंघ कर्णाली प्रदेश सदस्य गणेश उपाध्यायले बताए ।
उने भने राज्यले शिक्षकहरू प्रति गरेको बिभेद, शिक्षा ऐन २०२९ संसोधन नगरेको र फन्टलाईनमै काम गर्ने शिक्षकहरूले यो महामारिको समयमा खोप समेत नपाएको भन्दै आन्दोलन गर्नुपरेको टिप्पणी गरे । शिक्षा क्षेत्र स्थानीयतहरूको मातहतमा गईसकेपछि शिक्षा क्षेत्रनै तहसनहस भएको भन्दै आफुहरू आन्दोलनमा आउनु परेको उपाध्याएको भनाइ छ ।
मंगलबारबाट सुरु गरिएको आन्दोलनका कार्यक्रममा शिक्षक महासघ कर्णाली प्रदेश सदस्य गणेश उपाध्याय, शिक्षक संघ केन्द्रिय सदस्य प्रभा सिजापति, जिल्ला शिक्षक महासंघका सहसचिव नगेन्द्रराज रेग्मी शिक्षक संघ दैलेखका अध्यक्ष कृष्ण कुमार थापा लगायत पेशागत शिक्षकहरूको उपस्थिती रहेको थियो ।