Loading... आजः २०८१, २३ मंसिर आईतवार

दैलेखमा ७० प्रतिशत रोपाइँ

दैलेखः दैलेख जिल्लामा करिब ७० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस बर्ष समयमनै मनसुन सक्रियभई पानी परेकाले ७० प्रतिशत रोपाइ सम्पन्न भएको हो ।
जिल्लामा जेष्ठ पहिलो साताबाटै रोपाइ भइरहेका छन् पानी समयमै परे असार मसान्त सम्म यहाँका सबै स्थानिय तहहरुमा रोपाई सकिन्छ यस बर्ष मनसुन समयमै सुरु पएपछि किसानहरुले असार १५ सम्म ७० प्रतिशत रोपाइँ गरि सकेको कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार अघिल्लो असार १५ गते सम्म करिब ४५ प्रतिशत रोपाइँ सकिएकोमा यस बर्ष समयमै पानी परेकाले सबै ठाउँमा रोपाइँ चलिरहेको छ ।
“धान उत्पादनमा वृद्धि, खाध्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’’ भन्ने नाराका साथ कृषि विकास कार्यालय दैलेखको आयोजना र श्री कृष्ण कृषक समुहको सहकार्यमा नारायण नगरपालिका वडा न. ७ को भनभनेमा मंगलबार १८ औं धान दिवस बनाइएको छ ।
धान दिवसको अवसरमा आयोजित कार्यक्रममा कृषि विकास कार्यालका प्रमुख तिलकप्रसाद पाण्डे नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्का लगाएतको उपस्थिती रहेको थियो ।
कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने प्रदेश दुईमा सबैभन्दा कम १० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।
देशभर असारको मध्यसम्म आइपुग्दा झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सोमबार साँझसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलका अनुसार असार १४ गतेसम्म देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
गत वर्ष यो अवधिमा चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँ सकिएको थियो । बर्खा याममा नेपाल भर १३ लाख ७१ हजार ७ हेक्टरमा धान खेती हुने पनि उनले जानकारी दिए । सयममै मनसुन सुरु भएको छ र मल बिउको उपलब्धताका कारण देशभर यसवर्ष रोपाइँ उल्लासमय रहेको विभागको दाबी छ । देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा आएको छ । अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागको भनाइ छ ।
कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा भर्खर रोपाइँ सुरु भएको विभागले जनाएको छ ।